मतदान केन्द्रमा क्यामेरा र मोबाइल निषेध : निर्वाचन आयोग

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक ३० गते।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा क्यामेरा र मोबाइल निषेध गरिएको छ ।

मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्वाचन आयोगले निर्णय गरेको हो ।

मतदान केन्द्रमा लाइटर, सलाई लगायत अग्निजन्य वस्तु लिएर जान रोक लगाउने र मतदान कक्षमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने निर्णय गरिएको छ । यस सम्बन्धमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई  ४ बुँदे निर्देशन दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *