अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १ गते।
मुलुकभरका फिल्म हल निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै शनिबार ५ बजेपछि बन्द हुने भएका छन् ।
शनिबार सन्ध्या र रात्रिकालीन शो नहुने र आइतबार सम्पूर्ण फिल्म हल बन्द हुने चलचित्र संघका सदस्य सुरेन्द्र थापाले जानकारी दिए ।
निर्वाचनको दिन आइतबार फिल्म हल बन्द हुने र त्यस दिन अत्यावश्यक बाहेकका सवारी साधन पनि चलाउन नपाइने सूचना जिल्ला प्रशासन कार्यालयहरुले जारी गरिसकेका छन् ।