अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस १० गते।
धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
आफ्नै घरमा रहेको किराना पसलमा बसिरहेको अवस्थामा मोटरसाईकलमा आएको समूहले गोली चलाउँदा ३५ वर्षीय धनुक दासको मृत्यु भएको हो ।
बायाँ कोखमा गोली लागेपछि उनी गम्भीर घाइते भएका थिए ।
गोली लागेर गम्भीर घाइते उनलाई जनकपुरस्थित प्रादेशिक अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको हो ।
उनको हत्या कसले किन गरेको विषयम थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।