कैलालीको धनगढीबाट नक्कली नोट र बाघको हड्डीसहित पाँच जना पक्राउ

अनलाईन न्युजपाटी ,कैलाली,समाचारदाता,पुस १२ गते।

कैलालीको धनगढीबाट नक्कली नोट र बाघको हड्डीसहित पाँच जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-४ बसपार्क र १३ को राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा राजपुरस्थित एस एस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका-६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका-१० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका-१ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन अगाडी नक्कली मुद्राको कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा तत्काल प्रहरी टोली जाँदा जिल्ला कैलाली चुरे गाउँपालिका वडा नं. ६ बस्ने वर्ष ५५ का लाल बहादुर साउँदको खानतलासी गर्ने क्रममा उनको साथबाट नक्कली नेपाली दरको नोट ४ थान फेला पारेको कैलाली प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा एक हजार दरका थप १३८ नोटसहित अन्य चार जनालाई पक्राउ गरिएको थियो ।

राजपुरमै डेरा गरेर बस्ने धामीको कोठा खानतलासी पलङ खटियाको सिरानीमुनि लुकाएर राखेको अवस्थामा १३८ थान नक्कली नोट, जेब्रा झोलामा बाघको जस्तो करीब साढे ५ किलो देखिने अस्थीपंजर हड्डी र प्लाष्टिकभित्र लुकाएको अवस्थामा प्रतिबन्धित जडिबुडी पनि बरामद गरिएको प्रहरीले बताए ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *