अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २ गते।
अफगानिस्तानमा नेपालले आज मानवीय सहायता पठाउँदै छ। मानवीय सहायता सामग्री बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको छ ।
परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीको नेतृत्वमा सहयोग सामग्री लिएर आज बिहान अफगानिस्तानको राजधानी काबुल जाने भएको हो।
नेपालले अफगानिस्तानका जनताका लागि औषधि र लत्ताकपडा पठाएको छ।
हिमालय एयरलाइन्सको जहाजमार्फत् औषधि, लत्ताकपडा र घरायसी सामग्री गरी करिब १४ टन सामग्री अफगानिस्तान पठाइएको हो।
जहाज अब करिब साढे ३ घन्टामा काबुलस्थित विमानस्थलमा पुग्नेछ।
परराष्ट्र मन्त्री खड्काका अनुसार अफगानिस्तानका करिब २ करोड ७० लाख मानिस मानवीय सहयोगको पर्खाइमा छन्।