आज प्रतिनिधिसभाको बैठक बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १५ गते।

आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

आज दिउँसो एक बजे बस्ने बैठकमा एमसीसी सम्बन्धी छलफल हुने छ ।

आजको प्रतिनिधि सभाका लागि दुईवटा सम्भावित कार्यसूची रहेका छन् । जसमा प्रधानमन्त्री शेरबहादुर देउावले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो ।

आजको बैठकको मुख्य एजेण्डा एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । दलहरूबीच एमसीसीबारे एकमत नहुँदा बैठक नै अनिश्चित जस्तै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *