राष्ट्रिय युवा संघ नेपालको ८ औं बैठक सिरहाको धनगढीमा सम्पन्न

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,चैत्र १ गते।

सिरहाको धनगढीमाई नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमालेको भातृ संगठन  राष्ट्रिय युवा संघ नेपालको ८ औं बैठक सम्पन्न भएको छ्। राष्ट्रिय युवा संघ नेपालको जिल्ला अध्यक्ष ईन्द्रेश राउतको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा  संघका स्थाई कमिटी सदस्य बैध्यनाथ साह रहनु भएको थियो।

बिशिस्ट अतिथिमा नेकपा एमालेको केन्द्रिय सदस्य रामपृत राम रहनु भएको थियो। पार्टीको सर्कुलर युथफोर्स नेपालको सपथ ग्रहण अध्यक्ष ईन्द्रेश राउतले राष्ट्रिय युवा संघ नेपाल सिरहाको जिल्ला अध्यक्ष पदबाट राजीनामा दिई उपाध्यक्ष रहनु भएका जयप्रकाश शर्मालाई सिरहा संयोजकमा चयन गरेका हुन्। संयोजक सहित १०१ जनाको जिल्ला अधिबेशन आयोजक कमिटी गठन गरिएको छ।

उक्त कार्यक्रममा सयौं युवा नेताहरुको सहभागीता रहेको आयोजक टिमको प्रतिनिधि बिरेन्द्र कुमार महतोले जानकारी दिनु भयो। नगरका वरिष्ठ नेता शिव शकर महतो लगायतका नेताहरुको उल्लेखनीय सहभागीता रहेको थियो। नेता जय प्रकाश शर्मा ईमानदार र समाज सेवा गर्न बिगत देखि गर्दै आएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *