अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १ गते।
द ब्रिटिस कलेजको सिस्टर स्कुल द ब्रिटिस मोडल कलेजका चारजना ए लेभलमा अध्ययनरत विद्यार्थीहरु उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानित भएका छन्।
मार्च २०२१ सिए आइई परीक्षाको सेरिजमा चारजना विद्यार्थीहरुले टप गर्न सफल भएका हुन्। क्याम्ब्रिज अवार्डबाट सम्मानित हुने माराजथापा एएस लेभल केमिस्ट्री, सुदीप अग्रहरी एएस लेभल इकोनोमिक्स, अस्मिता लामा एएस लेभल बिजनेश दिप्ती भट्टराई एएस लेभल एकाउन्टिङ रहेका छन्।
ए लेभल्सका प्रमुख राजन कुमार राईले भने,“ विद्यार्थीहरुले प्राप्त गरेको यो अविश्वसनिय सफलता प्रति ब्रिटिश मोडेल कलेजलाई धेरै गर्वछ। यो पुरस्कार प्राप्त गर्न धेरै मेहनत र लगनसीलता चाहिन्छ। हामी यस्ता प्रतिभाशाली विद्यार्थीहरू पाउँदा भाग्यशाली महसुस गर्छौं।”
चाकुपाटस्थित स्थित रहेको नयाँ क्याम्पस भवनमा विद्यार्थीहरुले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय शिक्षा ग्रहण गर्दै आइरहेका छन्। हालै कलेजले प्राप्त गरेको नतिजाले पनि यो कुराको पुष्टि गरेको राई बताउँछन्। कलेजमा शिक्षा ग्रहण गर्ने मैत्रीपुर्ण वातावरण, अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त संकायहरू, रविश्व–स्तरीय अध्यापन मोडल रहेको उनले बताए।
बिएमसीका अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए।कलेज उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड २०१८ बाट सम्मानित भएको थियो। आउने वर्षमा पनि कलेजले यस्तै सफलताको आशा गरेको उनले बताए।