नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र ११ गते।

आज नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ ।  बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् ।

काँग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुनेछ । सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *