अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र १२ गते।
राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाम उपमहानगरपालिकामा पार्टी कार्यालय शुक्रवार समुद्घाटन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाम उपमहानगरपालिका राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुर नगर कमिटी,राष्ट्रिय प्रजातन्त्रिक युवा सँगठन र वार्ड नँ ४ को सँयुक्त कार्यालयको समुद्घाटन भएको छ ।
बिरेन्द्र लाल कर्ण र नगर अध्यक्ष सोमेन्द्र ठाकुर द्धारा सँयुक्त रुपले रिवन काटेर उक्त पार्टी कार्यालयको समुद्घाटन गर्नुभएको थियो।
उक्त कार्यक्रमको अतिथिमा धनुषा जिल्ला युवा सँगठनका अध्यक्ष मुन्नु झा, धनुषा जिल्ला उपाध्यक्ष मो.दाउद , नगर उपाध्यक्ष जितेन्द्र साह ,युवा सँगठनको उपाध्यक्ष राकेश साह ,नगर सचिब नविन झा र जिल्ला कोषाध्यक्ष आन्नद साह, जिल्ला कमिटी प्रवक्ता राकेश राउत, लगायत जनकपुरधाम वार्ड नँ ४ कमिटी सँयोजक सुरज राउत, अकवर साफि, जिवछ साह, विक्रम ,कौशल मिश्र ,अमित कर्ण लगायत पार्टीका कार्यकर्ताको उपस्थितीमा भव्यताका साथ कार्यालय समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी कार्यालय समुद्घाटनको एक दिन नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कमिटी तथा राष्ट्रिय प्रजातन्त्रिक युवा सँगठनहरु आउने चुनाबको लागि रणनीति बनाउन थालेका छन। नगर कमिटीका उपाध्यक्ष जितेन्द्र साहले अनलाईन न्युजपाटी संग कुरा गर्दै भने अब आउने चुनाबमा मतदातालाई कुनै लोभ लालचमा न जान, साथै आफ्नो मतको सदुपयोग गर्न समेत आग्रह गरेका छन्। नगर सचिब नविन झाले कुरा थप्दै भने राष्ट्रिय प्रजातन्त्र पार्टी जनताको पार्टी हो। आउँदो चुनाबमा मतदाताले सोचेर र देशको पक्षमा नै मतदान गर्ने छन् मलाई विश्वास छ।
