जनकपुरधाम वार्ड नं-७ बाट वडा अध्यक्ष पदमा लड्ने नविन झाको चौक-चौक चर्चा, नेता झा जनताको रोजाई हो- स्थानीयबसी

अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता,चैत्र १६ गते।

देश भरिमा अब आउने बैशाखमा हुन लागेको चुनाबको विशेष माहोल बनेको छ। त्यसकै क्रममा मधेस प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकामा चुनावी  रंग तातेको छ । कारण वैशाख ३० गते स्थानीय तहको चुनाव मा सबै दलका नेता आफ्नो जित पक्का ठानेर आ-आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरु लिएर आगाडि बढेका छन्।

अनलाईन न्युजपाटी समाचार चुनावी संकलनको क्रममा जाँदा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ७ का युवा समाजसेवी नेता नविन झा आफ्नो वडाको चौक-चौक मा अहिले धेरै चर्चामा रहेको जानकारी पायो ।

हामी र हाम्रो समाचार संकलन टिम युवा नेता झा ले बिगतमा गरेका कामको संक्षिप्त जानकारी लिदा वडाको एक समुहले हामीलाई भने ” नबिन झा जनताको रोजाई हो र वहा नै हाम्रो वडाको लागि उपयुक्त नेता हुनुहुन्छ“।

जर्जर अवस्थामा रहेको ऐतिहासिक दसरथ तलाउ पोखरी हाल सफा, हराभरा र संरक्षित बनाउनमा झाको ठुलो योगदान रहेको छ । विश्व महामारी कोविड १९ को बेला वहा आफ्नो ज्यानको बाजी लगाएर वडामा मात्र हैन नगर देखि गाउँ-गाउँ सम्म आफै अक्सिजन लिएर पुगेर सक्दो सहयोग गरेका थिए।

महामारीको बेला ठाउँ-ठाउँमा राहत बितरण जस्ता कार्यलाई निरन्तरता दिएका थिए। असहाय, पिडित ,अन्यायमा परेकाहरुलाई सकुशल उद्धार देखि समस्या समाधान गर्ने जस्तामा उनको ठुलो योगदान रहेको छ।

स्नातकोत्तर (मास्टर्स) पास गरेका युवा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फ उनि आफु वडाको उमेद्वार हुदै राजनीति यात्रा निरन्तर जारी राख्ने बताएको छ र उनी धेरै पहिलेबाट पनि समाजिक कार्यहरुमा समेत सँलगनता रहेको देखिएको छ।

युवा समाजसेवी नेता नविन झा अहिले राष्ट्रवादी नागरिक समाज धनुषा,हिन्दु परिषद् जस्ता संघसंस्थाहरूमा आबद्ध रही समाज सेवा गर्दै आएको हो।

बिगत पाँच बर्षमा आफ्नो वार्ड नं-७ को दुर्दशा झन खराब बनेको छ।  बिकाशको नाउमा भने कागजमा मात्र सिमित छ। झाले भने :- राष्ट्रिय प्रजातन्त्र पार्टी बाट टिकट पाए आफुले उम्मेदवारी दिने घोषणा अनुरुप जनकपुरधाम उपमहानगरपालिका वार्ड नं-७ बाट वडा अध्यक्ष पदमा लड्ने छु।

आफ्नो पार्टीको राष्ट्रिय अध्यक्ष ज्युले भनाई “भ्रष्टाचार गरे आमा को रगत खाने सरह हो” ,त्यसैले म भ्रष्टाचार मुक्त समाज निर्माण होस् भन्ने मानसिकता साथ म उम्मेदवारि दिएको छु।

समाज परिवर्तनका लागि शिक्षा महत्वपूर्ण हुन्छ र मैले वार्डको जिम्मेवारी  पाए, प्रथम चरणमा वार्डमा रहेका सम्पुर्ण गरिव,दलिततथा शिक्षाको उज्यालो घामबाट टाढा रहेका बालबालिकालाई अनिवार्य शिक्षाको व्यवस्था गर्नेछु र समाजमा भय मुक्त समाज बनाउनुको साथ-साथै फोहरको उचित व्यवस्थापन गर्नु मेरो प्रथम एजेन्डा हो ।

अहिले नविन झा राष्ट्रिय प्रजातन्त्र पार्टी जनकपुरधाम उपमहानगरपालिका का नगर सचिव पदमा समेत रहेको छ। उनले गरेको कामको चर्चा चिया पसल देखि लिएर घर घरमा चलिरहेको छ। युवा नेतृत्वको विकास र समाजमा भय रहित समाज निर्माण का लागि असल नेतृत्वकर्ता को कमी रहेको भन्दै स्थानीय तहको चुनाव मा नविन झा आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *