आईपीएलमा मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गर्यो

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, चैत्र १६ गते।

आईपीएलमा मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको राजस्थानले हैदराबादलाई २११ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउने क्रममा हैदराबादले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १४९ मात्रै बनाउन सक्यो ।

हैदराबादका एडेन माक्ररमले ५७ र वासिन्टन सुन्दरले ४० रन बनाएका थिए । रोमारियो शेफर्ड २४, ओपनर अभिषेक शर्मा ९, अब्दुल सामद ४, कप्तान केन विलियम्सनले २ रन मात्रै जोडे । निकोलस पुरन र राहुल त्रिपाठीले रनै जोड्न सकेनन् । राजस्थानका बलर युजभेन्द्र चहलले ३ र प्रसिद्ध कृष्ण र ट्रेन्ट बोल्टले २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको राजस्थानले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २१० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

राजस्थानका कप्तान सन्जु स्यामसनले सर्वाधिक ५५, देवदत्त पाडिक्कलले ४१, जस बटलर ३५, शिम्रन हेटमार ३२, यशस्वी जैशवाल २०, रियान प्राग १२ र नाथनले एक रनको योगदान गरे ।

बलिङतर्फ हैदराबादका उमरन मलिकले र टि नटराजनले दुई/दुई र भुवनेश्वर कुमार र रोमारियो शेफर्डले एक/एक विकेट लिए ।

जितसँगै राजस्थानले १ खेलबाट २ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *