अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १६ गते।
आज देशका धेरैजसो स्थानमा चट्याङसहितको वर्षा हुने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको मौसममा प्रभाव परेको हो ।
आज बिहानैबाट काठमाडौं उपत्यकाको आकाश पनि धुम्मिएको छ ।
भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव र स्थानीय वायुको प्रभावले विशेषगरी प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।
आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली मौसमविदहरुले बताएका छन् ।
प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशबाहेकका अन्य भूभागमा भने मौसम सामान्य रहेने बताइएको छ ।