अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता, चैत्र १६ गते।
मधेस प्रदेशलाई आर्थिक रुपमा समृद्व बनाउन मधेस प्रदेश सरकारले प्राविधिक शिक्षा क्षेत्रको विकासमा जोड दिईरहेको मुख्यमन्त्री लालबाबू राउतले उदघाटन मन्तब्यमा बताउनु भएको छ ।
लर्ड बुद्ध युनिक एकेडमी लहान – ७ को नव भवनको समुदघाटन गर्न आज सिरहाको लहान आएका मुख्यमन्त्री राउतले प्रविधिक शिक्षामा जोड दिन प्रदेश सरकारले प्रदेश शिक्षा बोर्ड गठन गरेर आगाडी बढीसकेको उल्लेख गरे ।
‘मधेस प्रदेश सरकारले जनकपुरमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुरु गरिसकेको छ भने बिरगंजमा बिज्ञान तथा प्राविधिक विश्वविद्यालय ,राजविराजमा कृषि विश्वविधालय सुरुहुने अवस्थामा रहेको बताए।मधेस प्रदेशको हरेक जिल्लालाई प्राविधिक शिक्षाको हव बनाउन यस प्रदेश भित्रमा रहेका सक्षम सामुदायिक तथा निजि विधालय हरुलाई समेत प्रदेश सरकारबाट प्राविधिक बिधालय संचालन गर्न अनुमति दिने योजनामा मधेस प्रदेश सरकार रहेको बताए।
दलित, मुस्लिम,अल्पसंख्यक ,सीमान्तकृत वर्गका बालबालिका अध्यन गर्ने गरि विश्वविद्यालय संचालन गरिएको छ ।,भन्दै अर्को प्रसंगमा वहाँले भने, ‘नेपालमा महिलालाई ५० प्रतिशत आरक्षणको गयारेन्टी गर्ने मुलुकमा पहिलो मधेस प्रदेश सरकार रहेको दावी गरे। आउने केही बर्षभित्र हरेक सरकारी कार्यालयहरुमा महिलाको ५० प्रतिशत सहभागीता रहने छ । आउने दिनमा हामि सरकारमा नरहेपनि आउने पुस्ताको लागि उक्त बाटो खुल्ला गरिदिएको मुख्यमन्त्री राउतको दावी छ।
मुख्यमन्त्री लालबाबु राउतलाई एकेडेमीका संस्थापक प्रिन्सिपल संजय कुमार यादवले भब्यरुपमा स्वागत तथा सम्मान गरिएको थियो।वहाँले गुणस्तरीय शिक्षा लर्ड बुद्धको प्रतिबद्धता रहेको छ । गुणस्तरीय शिक्षाको लागी हामी ईमानदारी पुर्वक लगेका छौ । यस विधालयवाट उतिर्ण छात्र छात्राहरू देश र विदेशका ख्यातिप्राप्त क्याम्पसहरुमा नाम निकालेर छात्रवृत्ति प्राप्त गरेको कुरा दर्शाउनु भयो। कक्षा १० सम्म संचालनमा रहेको एकेडेमीमा दक्ष शिक्षक द्वारा अध्यापन भैरहेको छ ।सुविधा सम्पन्न तीन तल्ले आफ्नै भवनमा अध्यापन सुरु गरिएको प्रिन्सिपल यादवले बताउनु भयो ।
समुदघाटन कार्यक्रममा लहान नगरपालिकाका उप- प्रमुख सरियार चौधरी,एकेडमीका संस्थापक शिव कुमार साह, संस्थापक अध्यक्ष ममता यादव ,लक्ष्मीपुर पत्तारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साह ,लहान नगरपालिका वडा नम्बर – २२ का वडा अध्यक्ष विन्देश्वर यादव,लहान- २१ का वडा अध्यक्ष हेमन्त यादव, जिनिस हेल्थ केयर सेन्टर लहानको संस्थापक डा विजेनद्र यादव, जसपाका केन्द्रिय सदस्य राजु गुप्ता , जसपाका नेता रमचलितर महतो , महेश सिंह, जिवछ चौधरी, यमुना खनाल लगायत हजारौंको संख्यामा बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।