सुन्दरीजलमा टिपरको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयहरु आक्रोशित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १६ गते।

सुन्दरीजल दोबाटोमा टिपरको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु भएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।

बा.४ ख ६९६२ नम्बरको टिपरको ठक्करबाट बुधवार बिहान ९ वर्षीया श्रेया तामाङ र ४ वर्षीया सृष्टिको मृत्यु भएको थियो ।

आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ । केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ ।

घटनामा उनीहरुका बुबा रोहन घिसिङ पनि गम्भीर घाइते छन्। चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको घिसिङको आरोप छ ।

घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *