अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १६ गते।
आज पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५३४ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६५ हजार ३०५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।