अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता, चैत्र १७ गते।
सिरहाको बरियारपट्टी गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन भएको छ। गाउँपालिकाको आफ्नो भवन नहुँदा पालिकामा सेवा ग्राहीलाई काम गर्न असहज हुँदै आएका गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले जानकारी दिनु भयो।
२० बर्ष देखि निर्वाचन बिहीन रहेको नेपाल तत्कालिन गाबिसहरु अस्त बेस्त देखिएका थिए। जनतामा समेत अन्यौलता रहेको थियो। स्थानीय निर्वाचनबाट जनप्रतिनिधि छनोट भए पश्चात् जनताले कामको सहजता महसुस गरेका हुन्। जनप्रतिनिधि छनोट भएर काम गर्न आए पछि काम गर्ने वातावरण पालिकामा समेत न रहेको अध्यक्ष महतोले बताए।
पालिकाको कर्मचारी र सम्पुर्ण जनप्रतिनिधिहरुलाई काम गर्न सहज होस भने उदेश्यले पालिकाबाट ६५ लाख रकम बिनियोजन गरी प्रशासकीय भवनको सिलान्यास गरेका थिए।
भवन निर्माणको सम्पुर्ण काम पुरा भए पश्चात् एक बृहत कार्यक्रमको आयोजना गरी नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरीएका छन्।
गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहाको प्रमुख जिल्ला अधिकारी मोहम्मद लालबाबु कवारि रहनु भएको थियो। पालिका उपाध्यक्ष रेखा कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत रंजित जङ्ग अधिकारी रहनु भएको थियो।
अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैता यादव,पत्रकार महेश सिंह,बद्री यादव, मुकेश यादव,घुरन मुखिया लगायत पालिका भरीका सम्पुर्ण जनप्रतिनिधि र समाजसेवी बुद्धिजीवी शिक्षक विद्यार्थी राजनीति दलका प्रतिनिधि स्वंमसेवीकाहरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा दर्जनौं जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए।
बिशिस्ट अतिथि कवाडीका अनुसार स्थानीय सरकारलाई आफैमा निर्भर भएर बिकास निर्माणको काम अगाडि बढाउन उनले बताए। पकै पनी जनप्रतिनिधि आउँदा गाउँ गाउँ सडक निर्माण देखि लिएर मठ मन्दिर स्कुल अस्पतालहरु समेत स्थापना भएको छ्।