अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र २३ गते।
निर्वाचन आयोगले राजनीतिक दललाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन ६० बुँदे निर्देशन जारी गरेको छ ।
वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दलहरूले राति प्रचारप्रसार गर्न नपाउने भएका छन्।
निर्वाचन आयोगले बनाएको आचारसंहिता र दलहरूले गरेको प्रतिबद्धता पत्रमा प्रचारप्रसारको समय तोकिएको छ।
जसअनुसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चुनावी प्रचारप्रसारका काम गर्न पाइनेछ।
आयोगले मंगलबार दलहरूलाई यो आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धतासमेत लिएको छ।
दलहरूलाई आयोगले दिएको ६० बुँदे निर्देशनको १७ नम्बर बुँदामा प्रचारप्रसारबारे समय निर्धारण गरेको उल्लेख छ। ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने,’ निर्देशनमा भनिएको छ।
साथै चुनावको दिन उम्मेदवारले लिने सवारी साधनबाट मतदाता बोक्नसमेत नपाइने आयोगको भनाइ छ।