श्रीलंकामा लगाइएको संकटकाल हटाइयो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,चैत्र २३ गते।

श्रीलंकामा लगाइएको संकटकाल हटाइएको छ।

मंगलबार राति राष्ट्रपति गोटवाया राजापाक्षेले संकटकाल हटाइएको छ।

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सरकारविरूद्ध लगातार प्रदर्शन हुन थालेपछि राजापाक्षेले गत शुक्रबार संकटकाल घोषणा गरेका थिए।

संसदबाट पारित नहुने भएपछि राजापाक्षेले संकटकाल हटाएका हुन्। संकटकाल घोषणापछि श्रीलंकामा कर्फ्यू पनि लगाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *