यात्रुको स्वास्थ्यमा समस्या आएपछि बुद्ध एयरको जहाज नेपालगञ्जमा आकस्मिक अवतरण

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र २३ गते।    

बुद्ध एयरको जहाजमा यात्रा गरिरहेका एक यात्रुको स्वास्थ्यमा समस्या देखा परेपछि जहाज आकस्मिक अवतरण गरिएको छ ।

धनगढी विमानस्थलबाट काठमाडौंका लागि उडेको २५२ उडान नम्बरको जहाज आकस्मिक रुपमा नेपालगञ्ज विमानस्थमा अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।

जहाजमा रहेका यात्रुको स्वास्थ्यमा एक्कासी समस्या आएकाले अवतरण गर्नु परेको बुद्ध एयरको दाबी छ । नेपालगञ्जमा अवतरणपछि विरामी यात्रुको स्वास्थ्य जाँच गरेर ती यात्रुलाई बाहिर निकालेको जनाइएको छ ।

हाल बिरामीको अवस्था सामान्य रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *