सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख ८ गते।

सातै प्रदेशमा सत्तारूढ गठबन्धनले चुनावी सभा गर्ने भएको छ।

स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेताहरूका अनुसार चुनावी सभालाई गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

‘निर्वाचन प्रचार प्रसार १७ गतेबाट सुरु हुने भएकाले १८ गतेदेखि २२ गतेसम्म आमसभा गर्ने भन्ने भएको छ’, माओवादी नेता देव गुरुङले भने, ‘सबै प्रदेशको राजधानीहरूमा आमसभा गर्ने निर्णय भएको छ ।’

जसअनुसार १८ गते सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा, १९ गते लुम्बिनीको बुटवल र गण्डकीको पोखरामा, २० गते मधेसको जनकपुर र प्रदेश १ को विराटनगर तथा २२ गते बागमतीको काठमाडौंमा संयुक्त आमसभा हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *