उम्मेदवार भएकाहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १७ गते।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरूलाई आज निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गर्दै छ।

शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो ।

उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचार प्रसार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *