वडाबासिको मन जितेर नै चुनाव जित छु वडा अध्यक्ष:उम्मेदवार छतकुली

अनलाईन न्युजपाटी,कृष्णा यादव,बिरगंज समाचारदाता, वैशाख २० गते।

वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौवाट नेकपा एमालेको तर्फबाट  वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका संजु छतकुलिले जनताको माझमा निरन्तर दिनरात खट्टि  जनताको काम गरदै आएकोले मलाई ठुलो मतले अवशयनै जनताले जिताउने बताउनुभयो।

नेकपा एमाले पार्टीको तर्फबाट उम्मेदवार समेत रहनु भएको छतकुलीले निर्बार्चित भएपछि देशको ईतिहासिक ठाऊ रहेको अलौलाई स्वास्थ, शिक्षा र बिकास गरि देशको नमुना वडा बनाउने प्रतिबद्धता गरेका छन्।

त्यसैगरि ५ बर्षदेखि भइरहेको भ्रष्टाचारको अन्त्य गर्नुको साथै जनता सङ्ग भएको बिभेदको अन्त्य गर्न आफ्नो उम्मेदवारी दिएको छतकुलीले बताएका छन ।

बिगत बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा वडा १७ अलौका जनताले आफ्नो पछमा अवश्य नै मतदान गर्ने बिश्वास लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *