मधेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा बीमा पुनः सुरु

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २० गते।

मधेश प्रदेशमा छोरी बीमा कार्यक्रम पुनः सुरु भएको छ ।

छोरी बीमाका लागि यसअघि प्रभु बैंकसँग गरिएको सम्झौता अवधि समाप्त भएपछि ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर छोरी बीमा कार्यक्रम पुनः सुरु गरिएको छ ।

फागुन, २०७५ देखि सुरु भएको यो अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । त्यतिबेला झण्डै ७ हजार छोरीको बीमा गरिएको मुख्यमन्त्री लालबाबु राउत बताउँछन् ।

सुरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सञ्चालन हुँदै आएको यो कार्यक्रम गर्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । यो मन्त्रालय अन्तर्गतका शिक्षा विकास निर्देशनालयले यो कार्यक्रम सञ्चालन गर्नेछ ।

आइतबार निर्देशनालयका निर्देशक चुडामणि फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले छोरीको बीमा गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । फुयाँलले सम्झौतापछि यो कार्यक्रम तत्कालै सञ्चालन गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *