अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार १९ गते।
भारतीय नागरिकको हत्या गरेको आरोपमा एक जना महिलासहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ७ निवासी ३२ वर्षीया जानुका सुवेदी थापा, ४९ वर्षीय बृख वहादुर थापा र सुनसरी वराह क्षेत्र नगरपालिका १० निवासी २५ वर्षीय सुरेश परियार रहेका छन् ।
हत्यापछि उनको शव अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी–साहसी टोलको भित्री कच्ची सडक खण्डको ह्युम पाइप भित्र बोरामा बाधेर फालेको अबस्थामा फेला परेको थियो ।
हत्यामा संलग्न एकजानलाई भने प्रहरीले समात्न सकेको छैन ।