अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज २५ गते।
राष्ट्रपति विद्यादेवी भण्डारी आज अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यसक्रममा पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो ।
उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो डिस्चार्ज गरिएको हो ।