अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज २५ गते।
पाँच वर्ष मुनिका बालबालिकालाई सरकारले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले पाँच वर्ष मुनिका बालबालिकाहरुलाई आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने भएको हो ।
भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ ।