बाराबाट ठूलो परिमाणमा नक्कली नोट सहित ३ जना पक्राउ

अनलाईन न्युजपाटी ,बारा,समाचारदाता,असोज २५ गते।

बाराबाट ठूलो परिमाणमा नक्कली नोट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्यका २५ वर्षीय रञ्जित कुमार मुखिया, बारा कलैया उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीय सैनुल्लाह अंसारी, बारा सिम्रौनगढ नगरपालिका–२ बस्ने ३६ वर्षीय बिनाका मुखिया रहेका छन् ।

उनीहरुको साथबाट ९ लाख रुपैयाँको नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । असोज २१ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले सिम्रौनगढ –५ कनकपुर टोलबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरु नक्कली नोटको कारोबारी गिरोह नै हुन सक्ने प्रहरीको आशंका छ । उनीहरुमाथि गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *