अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २७ गते।
पर्सामा मतदान सम्पन्न नभएसम्म मदिरा सेवन गर्न प्रतिबन्ध लगाइएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सुरक्षा समितिको बैठकको निर्णयले आइतबारदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा गर्न यो निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। उनका अनुसार मतदान सम्पन्न नभएसम्म सूचनाविपरीत मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाए कानुनबमोजिम कारबाही हुनेछ।