अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २८ गते।
निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव छ । मंसिर ३ शनिबार पर्छ ।
केही दिनअघि नै आयोगले यससम्बन्धी निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको छ ।
अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्व तयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको हो ।