अनलाईन न्युजपाटी ,सप्तरी,समाचारदाता,मंसिर ६ गते।
सप्तरी २ (ख)बाट प्रदेशसभा सदस्यमा जनमत पार्टीका महेशप्रसाद यादव विजयी भएका छन्।
महेश प्रसाद यादव १३ हजार ३ सय २५ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत ल्याए ।