अनलाईन न्युजपाटी , जनकपुरधाम,समाचारदाता,मंसिर ११ गते।
महोत्तरी–१ मा नेकपाका लक्ष्मी महतो निर्वाचित भएका छन्।
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै लक्ष्मी महतो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार पोषणबहादुर थापाले ७ हजार ८१२, जनमत पार्टीका राजकिशोर साहले तीन हजार ५९८, राष्ट्रिय स्वतन्त्र पार्टीकी खेमकुमारी भुर्तेलले दुई हजार ६४ मत पाइन् ।