फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ११ गते।

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् ।

विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । उक्त खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भीडन्त हुनेछ । समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

त्यस्तै आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२:४५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *