विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिलकोत्सव विधि सम्पन्न

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर १० गते। 

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत आज तिलकोत्सव विधि सम्पन्न भएको छ ।

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो।

जानकी मन्दिरबाट ‘भार’लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुगेका थिए।

तिलकोत्सवमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गरेका छन्।

दुई महन्थ अंकमाल गर्ने कार्यलाई मिथिलामा सम्धी (समधी) मिलन भन्ने गरिन्छ।

तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास्य सपरिहास समेत भएको थियो। जानकी मन्दिरबाट फलफूल, मिष्ठान्न परिकारलगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरु राम मन्दिरको प्राङ्गणनमा पुगी तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *