अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर ११ गते।
मधेश प्रदेशमा भोलि सार्वजनिक विदा रहेको छ ।
सीताराम विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।
मधेशका मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन् ।
साताव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्वस अन्तर्गत आज मटकोर रहेको छ भने भोली विवाहपञ्चमी र पर्सी अन्तिम दिन रहेको छ ।