अध्यक्ष भट्टराईको पार्थिव शरीरमा अध्यक्ष यादव र मुख्यमन्त्री राउतद्धारा अन्तिम श्रद्धाञ्जली

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर १७ गते। 

मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष शिवहरी भट्टराईको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।

जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्रि शैलेन्द्र प्रसाद साह, प्रदेश नं. १का स्वास्थ्यमन्त्री जयराम यादव सहितका शीर्ष नेतृत्वले भट्टराईको गृहनगर राजविराजमा पुगि पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।

अन्तिम श्रद्धाञ्जली दिन जसपा अध्यक्ष यादव आजै काठमाण्डौ बाट र मुख्यमन्त्री राउत जनकपुरधामबाट राजविराज पुग्नु भएको थियो ।

पत्रकार महासंघ सर्लाहीको साधारण सभामा भाग लिन सर्लाही पुग्नु भएको भट्टराईको हृदयघातका कारण हिजो सर्लाहीमै निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *