अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १८ गते।
आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ ।
खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ ।
नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक पाएको थियो ।
स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै नामिबियालाई पराजित गरेको थियो ।
पहिलो खेलमा नेपालले आफ्नो इनिङ्स पूरै ब्याटिङ गर्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाउनु बाहेक अन्य ब्याटरले राम्रो खेल्न सकेनन् । वर्षाले खेल प्रभावित बन्दा नेपालले बलिङ गरेन । त्यसैले स्कटल्याण्ड विरुद्ध खेल्दा नेपालको बलिङ पनि परीक्षण हुनेछ ।