अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,मंसिर १७ गते।
तमिलनाडुका मन्दिरहरूमा मोबाइल फोनमाथि मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाएको छ ।
मन्दिरहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने कदम पूजा स्थलहरूको शुद्धता र पवित्रता कायम राख्नको लागि भएको अदालतले फैसलामा जनाएको छ ।
मानिसहरूलाई असुविधाबाट बच्नको लागि मन्दिरहरूमा फोन राख्न लकरहरू स्थापना गर्न पनि अदालतले भनेको छ ।