छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषामा दुई जना पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर १७ गते। 

छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषामा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।

जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा बुधबार राति जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा अन्य तीन जना घाईते भएका छन् ।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *