अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १७ गते।
विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् ।
फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् ।
आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८:४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।
आज हुने अर्को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ ।