धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर १७ गते। 

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा  शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् जसमा  पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह छिन्। अन्यको परिचय खुलेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *