कैलालीमा निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा, प्रहरीद्धारा अश्रु ग्यास प्रहार

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १६ गते।

जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरे पनि त्यसको उल्लंघन गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमाथि दमन गर्दै प्रहरीले डेढ दर्जन सेल अश्रुग्यास प्रहार गरेको छ ।

ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा जारी गरे पनि न्यायको माग गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका-५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *