अनलाईन न्युजपाटी ,बिराटनगर,समाचारदाता,मंसिर १८ गते।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ राँके–रवि–भेडेटार सडकखण्डमा आज दिउँसो नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ बुधबारेबाट फिदिमको रणशेर गणतर्फ जाँदै गरेको बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा गाडीमा सवार १८ जना मध्ये १५ जना घाइते भएका हुन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई नेपाली सेनाकै हेलिकोप्टरमार्फत उद्दार गरेर उपचारका लागि बाहिर लगिएको प्रहरीले जनाएको छ ।