अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १९ गते।
सत्ता गठबन्धनको बैठक आज दिउँसो ३ बजे बस्दै छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।
मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ ।
यसैगरी माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् ।