फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १९ गते।

फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा फ्रान्स पुगेको छ ।

कतारको अल थुमामा स्टेडियममा भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गर्यो ।

ओलिभर जिरुडले ४४औं मिनेटमा गरेको गोलसँगै फ्रान्सले पहिलो हाफमा १-० को अग्रता लिएको थियो।

ओस्मान डेम्बेलेले ७४औं मिनेटमा दिएको पासमा पासमा उत्कृष्ट गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए। पोलिस रक्षापंक्तिमाथि हाबी बनेका एम्बाप्पेले इन्जुरी समयमा गरेको गोलसँगै फ्रान्सले अग्रता ३-० मा लम्ब्याएको थियो।

पेनाल्टी एरियामा उपामेकानोले बल ह्यान्ड गरेपछि पोल्यान्डले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीमा रोबर्ट लेवान्डोस्कीले पोल्यान्डका लागि एक गोल फर्काए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *