इङ्ग्ल्याण्ड फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १९ गते।

फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा इङ्ग्ल्याण्ड पुगेको छ ।

कतारको अल बयात रङ्गशालामा भएको खेलमा इङ्ग्ल्याण्डले सेनेगललाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

इङ्ग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३-० ले जित्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *