फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरू हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १९ गते।

फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरू हुँदैछन् ।

पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *