अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १९ गते।
प्रदेश लोकसेवा आयोग प्रदेश नम्बर १ विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ।
आज सार्वजनिक सूचना जारी गर्दै प्राविधिक पदका लागि ३१५ जना कर्मचारीको माग गरेको हो।
स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ।
योग्यता पुगेका उम्मेदवारले पुस १० गतेसम्म दरखास्त दिन सक्ने छन्। अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ।