अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, असोज १ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) #Aries:
आज व्यापारिक साझेदारीमा केही मतभेद उत्पन्न हुन सक्नेछ, त्यसैले साझेदारसँग खुला छलफल गर्नुहोला। जीवनसाथীको स्वास्थ्यमा देखिएको समस्याले केही चिन्ता बढाउन सक्छ। धैर्यता अपनाएर अगाडि बढेमा उत्पन्न भएका सबै समस्याहरू सहजै समाधान भएर जानेछन्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) #Taurus :
पुराना ऋण, रोग तथा विभिन्न झन्झटहरूबाट मुक्ति पाउने अनुकूल समय रहेको छ। तर्कशक्ति र पराक्रमको बलमा आफ्ना विरोधी तथा प्रतिस्पर्धीहरूलाई सजिलै परास्त गर्न सकिनेछ। सहकर्मीहरूको पूर्ण सहयोगले रोकिएका महत्त्वपूर्ण कार्यहरूले द्रुत गतिमा प्रगति हासिल गर्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) #Gemini:
बौद्धिक क्षेत्र, सिर्जनात्मक कला तथा लेखन कार्यमा तपाईंको विशेष प्रगतिको लहर छाउनेछ। आफ्ना सन्तानबाट कुनै सुखद समाचार सुन्न पाउँदा मन गर्व र खुसीले भरिनेछ। प्रेम सम्बन्धहरूमा देखिएको मनमुटाव हट् क्ष्र सम्बन्धमा थप प्रगाढता र मधुरता आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) #Cancer :
घरपरिवारमा सुख, शान्ति र प्रफुल्लित वातावरण कायम रहनेछ। स्थायी सम्पत्ति, प्लटिङ वा जग्गाजमिनसँग जोडिएका कारोबारबाट अपेक्षकृतरूपमा ठुलै लाभ लिन सकिनेछ। आमाको विशेष माया, स्नेह र सल्लाहले तपाईंका थुप्रै अधुरा कामहरू सफलतापूर्वक सम्पन्न हुनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) #Leo :
तपाईंको आत्मविश्वास, पराक्रम र नेतृत्व क्षमतामा उल्लेखनीय बृद्धि हुनेछ। छरछिमेक तथा दाजुभाइको साथ र समर्थनले रोकिएका महत्त्वपूर्ण कार्यहरू तीव्र गतिमा अगाडि बढ्नेछन्। छोटो तथा लाभदायक यात्राको योग रहेको छ जसले मनलाई अत्यन्तै प्रसन्न राख्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) #Virgo :
आज तपाईंको बोलीको प्रभाव र चतुरताले जटिल कामहरू पनि सहजै बन्नेछन्। पारिवारिक सुख र सद्भाव कायम रहनेछ भने व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। खानपान र स्वास्थ्यमा विशेष ध्यान दिएमा पूरा दिन अनुकूल र आनन्दमय रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) #Libra :
मध्यान्हसम्म चन्द्रमा आफ्नै राशिमा रहने हुनाले मनमा उत्साह र स्फूर्ति छाउनेछ। त्यसपश्चात वृश्चिक राशिमा चन्द्रमाको प्रवेशसँगै आर्थिक कारोबारमा विशेष सावधानी अपनाउनु पर्नेछ। अनावश्यक खर्च नियन्त्रण गर्न बजेट बनाएर चल्नु बुद्धिमानी हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) #Scorpio:
मध्यान्ह १२स्०२ बजेपछि चन्द्रमा तपाईंको आफ्नै राशिमा प्रवेश गर्ने भएकाले आत्मबल र उत्साहमा अचानक बृद्धि हुनेछ। नयाँ कार्यको थालनी गर्नका लागि समय अति उत्तम रहेको छ। समाजमा तपाईंको मानप्रतिष्ठा बढ्नुका साथै नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) #Sagittarius :
वैदेशिक क्षेत्र वा टाढाको यात्रासँग सम्बन्धित कार्यहरूमा केही ढिलासुस्ती हुन सक्छ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबार गर्दा विशेष सावधानी अपनाउनुहोला। गुप्त शत्रुहरूबाट सतर्क रहँदै आफ्नो जिम्मेवारीमा मात्र पूर्ण ध्यान दिनुहोस्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) #Capricorn :
आयस्रोतका नयाँ बाटोहरू खुल्नेछन् भने रोकिएका धन रकम सहजै उठ्नेछ। मित्र वर्ग तथा आफन्तहरूको भरपूर सहयोगले ठूला योजनाहरू समयमै सफल हुनेछन्। सामाजिक क्षेत्रमा तपाईंको मानप्रतिष्ठा र प्रभाव अझ बढेर जानेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) #Aquarius:
कार्यक्षेत्रमा तपाईंको जिम्मेवारी र कर्तव्यनिष्ठताको उच्च कदर हुनेछ। उच्च पदस्थ तथा अनुभवी व्यक्तिको सही मार्गदर्शनले तपाईंको भविष्यको मार्ग प्रशस्त गर्नेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तिहरूका लागि आजको दिन विशेष उपलब्धिको रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :
भाग्यले पूर्ण रूपमा साथ दिने हुनाले धार्मिक, सामाजिक तथा आध्यात्मिक कार्यतर्फ मन आकर्षित हुनेछ। लामो दूरीको यात्रा वा वैदेशिक यात्राको सम्भावना बलियो छ। विद्यार्थीहरूको उच्च शिक्षा अध्ययन गर्ने मार्ग प्रशस्त हुनेछ।
राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।