अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,मंसिर १९ गते।
शिक्षाको नाममा राजनीति नगर्न नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले आग्रह गरेकी छन् ।
आज बिहान जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको निरिक्षण गर्न पुगेकी नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महतोले शिक्षामा राजनीति प्रवेश गर्न नहुने बताएकी हुन् ।
उनले राराब क्याम्पसको विकासका लागि आवश्यक योजना बनाएर ल्याउन क्याम्पस प्रशासनलाई आग्रहसमेत गरिन् । महतोले राराब क्याम्पस राष्ट्रको धरोहरको रुपमा रहेकाले यसको विकासका लागि आफू पछाडि नपर्ने बताइन् ।